Skip to content
Prabhu

सेयर बजारमा करिब ४ अंकको गिरावट, कारोबार रकम ४ अर्ब ४० करोड

 

काठमाडौं । सोमबार सेयर बजारमा सामान्य अंकले घटेकोे छ । अहिलो दिन दोहोरो अंकले बढेको सेयर बजार सोमबार करिब ४ अंकले घटेको हो । सोमबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक (नेप्से) ३ दशमलव ९७ अंकले घटेको छ ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २०७९ दशमलव ०७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १२९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११० कम्पनीको सेयर मूल्य बढेको छ । सोमबार ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सोमबार सेयर बजारमा ३१६ कम्पनीको सेयर खरिद बिक्री भएको छ ।

सोमबार सेयर बजारमा ३१६ कम्पनीका ८८ लाख २० हजार १२५ कित्ता सेयर ५९ हजार २९५ पटक खरिद बिक्री भएको छ । जसबाट ४ अर्ब ४० लाख ७० हजार २४३ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै सोमबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५८ अंकले घटेर ३७० दशमलव ०७ अंक पुगेको छ

सोमबारको सेयर बजारमा १३ उप सूमहमध्ये माईक्रोफाइनान्स उप समूह बाहेक सबै उप समूहको सेयर मूल्यमा गिरावट आएको छ । सोमबार सबैभन्दा बढी निर्माण तथा प्रसोधन उप समूहको सेयर मूल्यमा १.०५ प्रतिशतको गिरावट आएको छ । माईक्रोफाइनान्स उप समूहको सेयर मूल्यमा २.४३ प्रतिशतले बढेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal