Skip to content
Prabhu

एनआईबीएल फण्डको सेयर मूल्यमा नकारात्मक सर्किट, धेरै घटेका यी हुन ५ कम्पनी

 

काठमाडौं । सोमबार सेयर बजारमा सामान्य गिरावट आयो । अघिल्लो दिनेको भन्दा ३ दशमलव ९७ अंकले सेयर बजार घटेको हो । कारोबार भएका कम्पनीमध्ये १२९ कम्पनीको सेयर मूल्य घटेको सोमबार नेप्से परिसूचक पनि २०७९ विन्दुमा पुगेर बन्द भएको छ ।

सोमबार एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । नकारात्मक सर्किट लाग्ने कम्पनी हो एनआईबिएल फण्ड । यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको छ । यो कम्पनीको सेयर मूल्य १ रुपैयाँले घटेर ९ रुपैयाँमा पुगेर कारोबार बन्द भएको छ ।

त्यस्तै सोमबार मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पनि ५.९० प्रतिशत अर्थात २१ रुपैयाँले घटेर ३३५ रुपैयाँमा कारोबार बन्द भएको छ । यता कालिञ्चोक दर्शन लिमिटेडको ४.४६ प्रतिशत अर्थात ५६ रुपैयाँले घटेर १ हजार १९९ रुपैयाँमा कारोबार बन्द भएको छ ।

धेरै घट्ने कम्पनीको शिर्ष ५ भित्र परेको अर्को कम्पनी हो राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड हो । यो कम्पनीको सेयर मूल्य सेयर मूल्यमा ४.१२ प्रतिशत अर्थात् १४ रुपैयाँ ९० पैसाले घटेर ३४७ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै सोमबार सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पनि ३.९० प्रतिशतले घटेको छ । यो कम्पनीको २१ रुपैयाँले घटेर ५१८ रुपैयाँमा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal