Skip to content

भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लाग्न आग्रह

nabil bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संस्थागत भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लग्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन र समृद्धिका विषयमा गर्दै आएका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्नुपर्छ भने । उनले सदन अवरोधको अभ्यास बढेकामा चिन्ता व्यक्त गरे ।

‘हामीले सदन सञ्चालनको वस्तुनिष्ठ समीक्षा गर्ने बेला भएको छ । कुनै एउटा समस्या आउने बित्तिकै महिनौं सदन अवरूद्ध हुन्छ’, सांसद दाहालले भने, ‘विवादित विषय किनारा लगाउन संवैधानिक निकाय र राज्यका अख्तियार प्राप्त निकाय छन्, ती निकायलाई काम गर्न नदिएर सदनमा असंसदीय तरिकाले तरिकाले पेस हुन पाइँदैन ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi