Skip to content
Prabhu

प्रहरीद्वारा भन्सार छली ल्याएको १ सय बोरा मल बरामद

तनुवाकोट । भारतबाट गैरकानुनी रुपमा नुवाकोट ल्याइएको १ सय बोरा रासायनिक मल प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक तिलक भारतीका अनुसार दुईवटा गाडीमा ल्याइएको रासायनिक मल अस्थायी प्रहरी पोष्ट कोल्पुटारको टोलीले बरामद गरेको हो । मलसहित मल बोकेको दुईवटा गाडी र सो कार्यमा संलग्न व्यक्तिलाई कारबाहीका लागि नुवाकोट प्रहरीले राजस्व अनुसन्धान विभागलाई बुझाएको छ ।

नुवाकोट प्रहरीले यही जेठ ३ गते पनि भारतबाट गैरकानुनी रुपमा नुवाकोट ल्याएको २० बोरा रासायनिक मल बरामद गरेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal