Skip to content
Prabhu

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३ लाख ३० हजार कित्ता सेयर बिक्रीमा

 

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ जना संस्थापक सेयरधनीको लाममा रहेको कुल ३ लाख ३० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनीहरु सुमन पोखरेलको नाममा रहेको ८० हजार कित्ता र कुमार पैडेलको नाममा रहेको २ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएका छन् । सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर, नक्सालमा आफुले के कति खरिद गर्ने हो खुलाई आवेदन पेस गर्न सक्नेछन् ।

साथै, तोकिएको समय अवधिभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानुनबमोजिम अन्य व्यक्ति वा संस्था, कम्पनीलाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal