Skip to content
Prabhu

सिटिजन्स बैंकका ग्राहकलाई साई डेन्टल क्लिनिकमा २० प्रतिशत छुट

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगञ्जको पर्सास्थित साई डेन्टल क्लिनिकबीच बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले साई डेन्टल क्लिनिकका सेवाहरूमा २० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले देशैभरि रहेका आफ्ना १ सय ९० वटा शाखा कार्यालय, १ सय ५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिँदै आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal