Skip to content
Prabhu

बुधबार सुनको मूल्य ५ सयले घट्यो, कतिमा हुँदै छ किनबेच ?

 

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ रहेको छ भने अघिल्लो दिन सुन १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय २५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ३३८ दशमलव ०५ डलरमा कारोबार भइरहेको छ

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal