Skip to content
Prabhu

करोड बढीको लागतमा वडा कार्यालयको भवन निर्माण

nabil

झापा । दाताले निःशुल्क उपलब्ध गराएको जमिनमा भद्रपुर नगरपालिका–३ को कार्यालय निर्माण भएको छ । सरकारको १ करोड २४ लाखको लागतमा दुईतले भवन निर्माण भएको हो ।

कार्यालयले आफ्नै भवनबाट मंगलबारदेखि सेवा प्रवाह गरेको छ । स्थानीय ओमप्रकाश सरावगी, सत्यनारायण तायल, धनुहाङ सुहाङ, कल्याणकुमार राई, आइतबहादुर लिम्बू, श्याम थापामगर, निलमकुमार राई, कुवेर गुरुङ, भीमप्रसाद राई र केविर लिम्बूले पाँच कठ्ठा जमिन वडा कार्यालयलाई दान गरेका हुन् ।

‘साँघुरो भाडाको घरबाट सेवा प्रवाह त्यति सहज थिएन’, वडाध्यक्ष हेमबहादुर कार्कीले भने, ‘अब सेवाग्राही र कर्मचारीलाई काम गर्न असहज नहुनेमा विश्वस्त छु ।’

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal