Skip to content
Prabhu

सेयर बजारमा ५ अंकभन्दा बढीको गिरावट, कारोबार रकम ३ अर्ब ९९ करोड

 

काठमाडौं । सेयर बजार परिसूचक बुधबार ५ अंकभन्दा बढीले घटेकोे छ । कारोबार हुने साताको चौथो दिन सेयर बजार परिसूचक ५ दशमलव ५८ अंकले घटेको हो ।

बुधबार कारोबार भएका कम्पनीमध्ये ८३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बुधबार सेयर बजारमा कारोबार भएका १३ उपसमूहमध्ये ३ वटाको सेयर मूल्य मात्रै बढेको छ भने ९ उपसमूहको सेयर मूल्य घटेको छ भने १ उपसमूहको सेयर मूल्य स्थिर रहेको छ ।

बुधबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ५ दशमलव ५८ अंकले घटेर २०७९ दशमलव ७१ विन्दुमा पुगेको छ । सेयर बजारमा बुधबार ३ अर्ब ९९ करोड भन्दा बढीको कारोबर भएको छ । बुधबार सेयर बजारमा ३०६ कम्पनीका ८० लाख ४२ हजार ७६७ कित्ता सेयर ४९ हजार ७३३ पटक खरिद बिक्री भएका छन् । जबबाट ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९२ रुपैयाँको कारोबार भएको छ ।

बुधबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि शुन्य दशमलव ४१ अंकले घटेर ३७१ दशमलव ६१ विन्दुमा पुगेको छ ।

बुधबार कारोबार भएका कम्पनीको एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार १० प्रतिशतको वृद्धि भएर सकारात्मक सर्किट लाग्ने कम्पनीमा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ । यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा ९० रुपैयाँ ४० पैसाले बढेर ९९४ रुपैयाँ ४० पैसा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal