Skip to content
Prabhu

रोजगार मेलाले श्रमिक र रोजगारदता बीचको खाडल पुर्ने छः श्रममन्त्री

nabil

 

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले रोजगारदाता र श्रमिकको बिचको खाडल पुर्न श्रमाधान रोजगार मेलाको आयोजना गरिएको बताएका छन् । बुधबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री अर्यालले रोजगारदाता र श्रमिकलाई एकै स्थानमा भेट गराउन श्रम मन्त्रालयले सातै प्रदेशमा श्रमाधान रोजागर मेलाको आयोजना गरेको बताएका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रा्लय, उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय, बुटवल उपहानगरपालिका र नेपाल उद्योग परिसंघ (सीएनआई) को संयुक्त रूपमा लुम्बिनी प्रदेशमा आज देखि मेलाको सुरुवात गरिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दे मन्त्री अर्यालले रोजगारदाताले दक्ष श्रमिक नपाएर विदेशबाट ल्याउनुपर्ने र श्रम बजारमा आएका युवाले रोजगारी नपाएर विदेश जाने अवस्थाको अन्त्य गर्न आवश्यक भएको बताएका छन् ।

यस खालको समस्या समाधानमा यो मेलालाई भरपूर्ण प्रयोग गर्न पनि उनले आग्रह गरेका छन् । ‘यो मेलाबाट रोजगारदाता र श्रमिकबीच सम्बन्ध विस्तार हुनेछ । मेलाबाट तुरून्तै यति संख्यालाई रोजगारी दिन्छौ भन्ने भन्दा पनि दीर्घकालसम्म नेपालका उद्योग प्रतिष्ठानमा आवश्यक पर्ने जनशक्तिको यथार्थ विवरण र रोजगारीमा चाहेकाले कस्तो सीप चाहिँदो रहेछ भन्ने जानकारीका लागि धेरै महत्वपूर्ण हुनेछ,’ उनले भने ।
त्यस्तै, लुम्बिनी प्रदेश सरकारका आन्तरिक मन्त्रालयका सचिव लालबाबु कवारीले यस मेलालाई रोजगारदाता र श्रमिकको सम्बन्ध विस्तारका लागि उपयोग गर्न सकिने बताए । यस मेलाले हाल स्वदेशमा रोजगारी नपाएर विदेश पलायन हुनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्यका लागि तत्काल परिणाममा नदेखिए पनि दीर्घकालसम्म राम्रो परिणाम दिने बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले कस्तो विषय पढेमा वा सीप सिकेमा स्वदेशमा पढेर रोजगारी पाइन्छ भन्नेमा यो मेला बढी उपयोगी हुने विश्वास व्यक्त गरे ।

लुम्बिनी प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण शर्माले रोजगारदाता कम्पनीले स्वदेशमा दक्ष श्रमिक नपाउने ठूलो समस्या रहेको र सिक्दै गरेकोलाई दक्ष बनाएपछि विदेश पलायन हुने अवस्थाले आफूहरू समम्स्या परेको बताए । ‘ रोजगारदाताले आफूले चाहेजस्तो दक्ष जनशक्ति नपाएको र श्रमिकले आफूले चाहेजस्तो रोजगारी नपाएकाले अवस्थालाई अन्त्य गर्न यो मेलालाई शुभ संकेत दिन्छ । रोजगार दिने र रोजगारी चाहने दुवैको मिलन गराएर स्वदेशमै केही गर्ने वातावरण र्सिजना गर्न सहयोग पुग्नेछ,’ उनले भने ।
लुम्बिनी प्रदेश रोजगार मेला बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) भएको छ । मेला जेठ २३ गते र २४ गते दुई दिनसम्म चल्नेछ । मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर कार्यक्रमले नेटवर्किङ र रोजगारीको लागि अनुकूल वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ ।
लुम्बिनी प्रदेशमा हुने मेलामा बेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमामाग संकलन गर्न सहयोग पुग्ने बताइएको छ । मेलामा सहभागिताका लागि ४१ स्टल राखिएका छन । यही १७ गते कोशी प्रदेशबाट सुरु भएको श्रमाधान रोजगार मेला वागमती प्रदेशको ललितपुरमा कार्यक्रम गरेपछि ३० गते सम्पन्न हुनेछ ।

यसबीचमा श्रमधान तथा रोजगार मेला कोशी प्रदेशमा १७ र १८ गते, मधेस प्रदेशमा १९ र २० गते, गण्डकी प्रदेशमा २१ र २२ गते र लुम्बिनी प्रदेशमा २३ र २४ गते सञ्चालन भइरहेको छ । कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुनेछ भने बाग्मती प्रदेशमा ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन गर्ने तयारी भइरहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal