Skip to content
Prabhu

एनएमबी बैंक ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित

काठमाडौं । एनएमबी बैंक वातावरणीय विचारहरूलाई रणनीतिक रुपमा एकीकृत गर्दै, दिगो वित्त प्रबर्द्धन गर्न र परिचालन प्रभाव कम गर्दै बैंकिङ क्षेत्रमै उदाहरण बन्न सफल भएको छ।

एनएमबी बैंक विगत २७ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।

बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधिबाट सम्मानित भएको बैंक हो ।

एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ मा समेत उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबी बैंकले हाल देशभर २ सय १ शाखा, १ सय ८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal