Skip to content
Prabhu

एक्सेल डेभलपमेन्ट बैंंकले लाभांश वितरण नगर्ने

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंंकले आफ्ना सेयर धनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकको उक्त बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गर्ने र लाभांश नबाँड्ने गरी वित्तीय विवरण स्वीकृतार्थ नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णयसमेत गरेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal