Skip to content
Prabhu

घुस लिएको अभियोगमा सर्वेक्षक वेचनप्रसाद गुप्ता पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ३५ हजार घुस लिएको अभियोगमा जिल्ला नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक वेचनप्रसाद गुप्तालाई पक्राउ गरेको छ ।

आयोगले आज नापी कार्यालय चन्द्रौटा नजिकैबाट पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। आयोगको टोलीले स्रोत नखुलेको ५० हजार रुपैयाँ बराबरको रकम समेत प्राप्त गरेको जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal