Skip to content

डिम्याट खाता खोल्नेको संख्या ६२ लाख बढी, मेरो सेयर खाता खोल्ने ५३ लाख नाघे

nabil bank

काठमाडौं । पछिल्लो सयम डिम्याट खाता (हितग्राही खाता) खोल्नेको संख्यामा निरन्तर वृद्धि भइरहेको छ । धितोपत्र बजारमा लगानीकर्ताको सहभागितासँगै डिम्याट खाता र मेयर सेयरको खाता खोल्ने क्रममा बढ्दै गएको हो ।

नेपाल धितोपत्र बोर्डको तथ्यांकअनुसार चालु आर्थिक वर्षका वैशाख मसान्तसम्म ६२ लाख ७२ हजार ३५१ पुगेको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा डिम्याट खाता खोल्ने ३६ लाख ४ हजार ५ सय ७ जना पुरुष र २६ लाख ६० हजार ६ सय १२ महिला रहेका छन् । त्यस्तै अन्य ५४ र संस्थागत ७ हजार ११५ वटा डिम्याट खाता खोलिएका छन् ।

२०७७ सालदेखि हालसम्म डिम्याट खाता खोल्नेको संख्या ४५ लाख ७२ हजारले बढेको छ । २०७७ सालमा १७ लाखको हाराहारीमा रहेको डिम्याट खाता खोल्नेको संख्या चालु आर्थिक वर्ष २०८०/०८१ मा ४५ हजार ७२ हजारले बढेर ६२ हजार ३५१ पुगेको छ ।

आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा डिम्याट खाता खोल्नेको संख्या ३७ लाख ३६ हजार ९ सय २६ पुगेको थियो । त्यस्तै आव २०७८/७९ को अन्त्यमा उक्त संख्या बढेर ५२ लाख ६० हजार २ सय ५१ पुगेको छ । आव २०७९/८० को अन्त्यमा उक्त संख्या ५८ लाख २३ हजार पुगेको थियो । त्यस्तै चालु आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्म उक्त संख्या ६२ लाख ७२ हजार ३ सय ५१ पुगेको छ ।

त्यस्तै यो अवधिमा मेरो सेयर खाता खोल्नेको संख्या ५३ लाख २२ हजार ९६९ पुगेको छ । यो अवधिमा मेरो सेयर खाता खोल्नेको संख्यामा पनि ४६ लाख २२ हजारले वृद्धि भएको छ । २०७७ सालमा करिब ७ लाख रहेको मेरो सेयर खाता खोल्नेको संख्या बढेर चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ५३ लाख २२ हजार ९६९ पुगेको बोर्डको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार २०७८ को असारमा मेरो सेयर खाता खोल्नेको संख्या वृद्धि भई २८ लाख ५१ हजार ८ सय पुगेको थियो । आव २०७८÷७९ को अन्त्यमा उक्त संख्या ४३ लाख ६८ हजार ६ सय ३९ पुगेको थियो । आव २०७९÷८० को अन्त्यमा उक्त संख्या ४७ लाख ४१ हजार ५५ पुगेको छ । आव २०८०÷८१ को वैशाख मसान्तसम्म उक्त संख्या ५३ लाख २२ हजार ९ सय ६९ पुगेको छ ।

डिम्याट खाता लोख्नेको संख्या प्रदेशगत रुपमा हेर्दा बागमती प्रदेश सबैभन्दा धेरै र कर्णालीमा सबैभन्दा कम रहेको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म बागमतीमा सबैभन्दा बढी ३७.०९ प्रतिशतले डिम्याट खाता खोलेका छन भने कर्णालीमा सबैभन्दा कम २.४५ प्रतिशत रहेको छ । त्यसैगरी कोशी प्रदेशमा १८.८२, गण्डकी प्रदेशमा १२.९२ प्रतिशत, लुम्बिनी प्रदेशमा ११.५४ प्रतिशत, मधेश प्रदेशमा ११.१६ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ६ प्रतिशत डिम्याट खाता खोल्नेहरु रहेका छन् ।

यस्तै सेयर कारोबारका लागि अनलाइन युजरनेम लिने लगानीकर्ताको संख्या पनि बढेको छ । २०७७ असारमा धितोपत्रको दोस्रो बजार अनलाइन कारोबारका लागि करिब ३५ हजार भन्दा बढीले युजर आई डि लिएकोमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म आइपुग्दा यो संख्या २२ लाख १६ हजार २४७ पुगेको छ ।

युजर आई डि लिनेको संख्या २०७८ असारसम्ममा बढेर ७ लाख ९५ हजार ९ सय ३४ ले पुगेको थियो। त्यस्तै आव २०७८/७९ को अन्त्यमा १४ लाख ८५ हजार ४ सय ६० पुगेको थियो । आव २०७९/८० को अन्त्यसम्म उक्त संख्या १७ लाख ६३ हजार ३ सय १ रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime