Skip to content
Prabhu

सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार ?

 

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार सुन तोलामा ४ हजार रुपैयाँले सस्तो भएको हो ।

गत साताको शुक्रबार नेपाली बजारमा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य यो साताको पहिलो दिन आइतबार ४ हजार रुपैयाँले घटेर छापावाल सुन १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५४ हजार रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुनको मूल्य १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यो मूल्य शुक्रबारको भन्दा ७५ रुपैयाँले सस्तो हो । शुक्रबार चाँदीको मूल्य १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal