Skip to content
Prabhu

ग्रामीण विकास लघुवित्तको साधारणसभा असार १५ गते

 

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १५ गतेका लागि आफ्नो ९ औँ वार्षिक साधारणसभा बोलाएको छ ।

सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनससम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने छ ।

साधारणसभा प्रयोजनार्थ लघुवित्तले असार ३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यसअनुसार असार २ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal