Skip to content
Prabhu

नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा विश्रुत थापा चयन

 

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडकोे अध्यक्षमा विश्रुत थापा चयन भएका छन् । क्लियरिङ हाउस लिमिटेडको २४६ औं सञ्चालक समितिको बैठकबाट विश्रुत थापालाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो ।

अध्यक्ष चयन भएका थापाले आइतबारको डेपुटी गभर्नर बमबहादुर मिश्रसँग अध्यक्ष पदको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागीय हेरफेरपछि नेपाल क्लियरिङ हाउसमा गरिँदै आएको प्रतिनिधित्वसमेत परिवर्तन भएको थियो ।

विश्रुत थापासँग केन्द्रीय बैंकको विभिन्न विभागमा २१ वर्षभन्दा बढी काम गरेको अनुभव छ । नेपाल क्लियरिङ हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि हुने व्यवस्था छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal