Skip to content
Prabhu

पाँच वर्षमा साढे ५८ अर्ब बढीको आईपीओ स्वीकृत, कुन वर्ष कति मूल्यको आईपीओ जारी भयो ?

काठमाडौं । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा साढे ५८ अर्ब रुपैयाँभन्दा बढीको साधारण सेयर (आईपीओ) जारी भएको छ । नेपाल धितोपत्र बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ देखि चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा ५८ अर्ब ५५ करोड रुपैयाँ बाराबरको आईपीओ जारी भएको हो ।

बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ देखि चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म धितोपत्र बोर्डबाट १०९ वटा संगठित संस्थाहरुको आईपीओ स्वीकृत भएको छ । पाँच वर्षको अवधिमा सबैभन्दा बढी आईपीओ आर्थिक वर्ष २०७९/८० मा जारी भएको छ । त्यो वर्ष ४२ संगठित संस्थाहरुको आईपीओ जारी गर्न स्वीकृति प्रदान गरिएको बोर्डको तथ्यांकले देखाएको छ । त्यो वर्ष २२ अर्ब ३७ करोड रुपैयाँको आईपीओ निष्कासन भएको थियो ।

पाँच वर्षको अवधिमा सबैभन्दा कम आईपीओ चालु आर्थिक वर्षमा जारी भएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म जम्मा ८ वटा कम्पनीको आईपीओ जारी भएको छ । जनु ९ अर्ब ८ करोड रुपैयाँ बराबरको हो । रकमका हिसावले यो तेस्रो कम हो भने कम्पनी संख्याको हिसाबले सबैभन्दा कम हो । चालु आर्थिक वर्षको विगत ६ महिनादेखि कुनै पनि आईपीओ जारी हुन सकेको छैन । जसका कारण संख्या र रकममा पनि कमी आएको देखिएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा ९ वटा कम्पनीको ३ अर्ब ९९ करोड बराबरको आईपीओ निष्कासनको स्वीकृत दिएको बोर्डले जनाएको छ । रकमका आधारमा यो पाँच वर्षमा सबैभन्दा कम हो ।

यता आर्थिक वर्ष २०७७/७८ मा २२ कम्पनीले १५ अर्ब १९ करोडको आईपीओ जारीका लागि स्वीकृति लिएको देखिन्छ । त्यस्तै २०७८/७९ मा २८ वटा संगठिन संस्थाको आईपीओ स्वीकृत भएको छ । यी कम्पनीबाट स्वीकृत भएको आईपीओको मूल्य ७ अर्ब २० करोड रुपैयाँ बराबरको थियो ।

बोर्डको पाँच वर्षको तथ्यांक हेर्दा प्रारम्भिक सार्वजनिक निष्कासनमा संगठित संस्थाको सहभागिता वृद्धि हुँदै गएको देखिएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal