Skip to content
Prabhu

आइतबार ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

 

काठमाडौं । आइतबार सेयर बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समग्रमा सेयर बजार साढे ४ अंकले घटे पनि चार कम्पनीको सेयर मूल्यमा भने १० प्रतिशतको वृद्धि भएको हो ।

आइतबारको कारोबार बन्द हुँदा सिटी होटल लिमिटेड, शुभम पावर लिमिटेड, कुथेली बुखारी साना जलविद्युत लिमिटेड र इस्टर्न हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्यमा अघिल्लो कारोबारभन्दा १० प्रतिशतको वृद्धि भएको छ ।

आइतबार सिटी होटलको सेयर मूल्य अघिल्लो दिनको भन्दा १० प्रतिशत अर्थात् ६४ रुपैयाँ ८० पैसाले बढेर ७१२ रुपैयाँ ८० पैसामा कारोबार बन्द भएको छ । त्यस्तै शुभम् पावर लिमिटेडको सेयर मूल्य पनि अघिल्लो दिनको भन्दा १० प्रतिशत अर्थात् ७२ रुपैयाँले बढेर ७९२ रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यस्तै इस्र्टन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पनि ५० रुपैयाँले बढेर ५५० रुपैयाँ र कुथेली बुखारी साना जलविद्युत् लिमिटेडको सेयर मूल्यमा ११३ रुपैयाँ ४० पैसाले बढेर १ हजा २४७ रुपैयाँ ४० पैसामा कारोबार बन्द भएको छ ।

आइतबार धेरै बढ्ने शीर्ष ५ कम्पनीमा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात् १०९ रुपैयाँ ३० पैसाले बढेर १ हजार २०३ रुपैयाँ १० पैसा पुगेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal