काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली व्यापारी विनोद चौधरीलाई निम्तो दिएका छन्। प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा नेपालका एक मात्रै डलर अर्बपति चौधरीलाई मोदीले निम्तो दिएका हुन् ।
मोदीले शपथ ग्रहण समारोहमा निम्तो दिएको विनोद चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । चौधरीले सामाजिक सञ्जालमा मोदीले पठाएको निम्तोको फोटो सेयर गर्दै निम्तो गरेकोमा धन्यवाद दिँदै मोदीलाई बधाई दिन चाहान्छु लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्