Skip to content

माछीखोलामा प्रहरी चौकीको भवन निर्माण, लागत ४१ लाख

nabil bank

गोरखा । धार्चे गाउँपालिका–५ स्थित माछीखोला प्रहरी चौकीको भवन निर्माण सम्पन्न भएको छ । लामो समयदेखि अस्थायी टहराबाट सञ्चालन भइरहेको माछीखोला प्रहरी चौकीको भवन करिब ४१ लाख रुपैयाँको लागतमा निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिए।

गाउँपालिकाले उपभोक्ता समितिमार्फत भवन निर्माण सम्पन्न गरेको उनको भनाइ छ । ‘भवन निर्माणका लागि पालिकाले करिब ३८ लाख बजेट विनियोजन गरेको थियो’, उनले भने, ‘त्यसबाहेक ३ लाख १३ हजार आठ सय ५८ रुपैयाँ बराबरको स्थानीय उपभोक्ता समितिमार्फत श्रमदान भएको छ ।’

विसं २०८० मङ्सिरमा गाउँपालिकाले भवन निर्माणको कामअघि बढाएको थियो । निर्माण सुरु भएको करिब पाँच महिनामा काम सम्पन्न भएको हो । भवन निर्माण सम्पन्न भएसँगै अब माछीखोला प्रहरी चौकीले पक्की भवनबाट नागरिकलाई सेवा दिन पाउने भएको छ । निर्माण सम्पन्न गरिए पनि भवन हस्तान्तरण गर्न बाँकी छ ।

लामो समयदेखि जीर्ण बनेको अस्थायी टहराबाट सञ्चालित माछीखोला प्रहरी चौकीबाट प्रहरीलाई हातहतियारको सुरक्षाका साथै सेवा प्रवाहमा समेत कठिनाइ हुँदै आएको थियो । ‘प्रहरी चौकीको भवन नहुँदा प्रहरीले दिने सेवा चुस्त, दुरुस्त र प्रभावकारी बनाउन समस्या रहेको थियो,’ उनले भने, ‘अब निकै सहज हुने भएको छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime