Skip to content

विदेशी मुद्राको सञ्चिति १९ खर्ब ४२ करोड पुग्यो, साढे १२ महिनाको वस्तु तथा सेवा धान्न पुग्ने

nabil bank

 

काठमाडौं । वैशाखमा मुलुकको विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । डेढ वर्षअघि निकै कमजोर अवस्थामा रहेको विदेशी मुद्राको सञ्चिति चालु आर्थिक वर्षको वैशाख महिनासम्म आइपुग्दा अहिलेसम्मकै उच्च विन्दु १९ खर्ब ४२ अर्बभन्दा बढी पुगेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख महिनासम्म नेपालको कुल विदेशी मुद्राको सञ्चिति १९ खर्ब ४२ अर्ब ४० करोड पुगेको छ । आर्थिक वर्ष २०८० असार मसान्तसम्ममा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको विदेशी मुद्रा संचिति २६.२ प्रतिशतले बढेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ वैशाख मसान्तसम्ममा २४.२ प्रतिशतले बढेर १४ अर्ब ५४ करोड पुगेको छ । २०८० असार मसान्तसम्म यस्तो सञ्चिति ११ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३४५ अर्ब ७८ करोड रहेकोमा २०८१ वैैशाख मसान्तमा २८ प्रतिशतले वृद्धि भई १७२२ अर्ब २ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १९३ अर्ब ५९ करोड रहेकोमा २०८१ वैशाख मसान्तमा १३.८ प्रतिशतले वृद्घि भई २२० अर्ब ३८ करोड कायम भएको छ । २०८१ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०÷८१ को १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको केन्द्रीय बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life