Skip to content
Prabhu

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

 

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेड साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ जारी गर्ने लगायतका एजेण्डा सहित कम्पनीले साधारणसभाको मिति तोकेको हो ।

कम्पनीको यही जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार २२ गतेका लागि वार्षिक साधारणसभाको मिति तोकेको हो । सभाले आईपीओ निष्काशन गर्ने, यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र सर्वसाधारण शेयरधनीलाई छुट्याइएको सेयरबाट कर्मचारीलाई ५ प्रतिशत सेयर छुट्याउने गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहलगायत वित्तीय विवरण छलफल गरी पारित गर्ने एजेण्डा पनि रहेका छन् । यसका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने, समूह ‘क’ बाट सञ्चालक समितिको निर्वाचन गर्ने, स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्ति गर्ने र सञ्चालकको बैठक भत्ता तथा अन्य सुविधामा छलफल गरिने एजेण्डा समेत रहेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal