Skip to content
Prabhu

आज आइएमई लाइफको साधारणसभा

 

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा आज हुँदै छ । कम्पनीको ७ औँ वार्षिक साधारणसभा आज हुने भएको हो ।

सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी चार अर्ब रुपैयाँको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१५८ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने र सर्वसाधारण सेयरधनी समूहबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, गत आवमा संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्ने छ ।

 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal