Skip to content
Prabhu

सोमबार सुनको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

 

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन र चाँदीको मूल्य आइतबार कारोबार भएको मूल्यमा नै खरिद बिक्री भइरहेको हो ।

आइतबार जस्तै सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा नै कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य ४ हजार रुपैयाँले सस्तो भएको थियो । सोमबार तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनको जस्तै १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलामा अघिल्लो दिनको जस्तै १ हजार ८२५ रुपैयाँमा कारोबार भइहरेको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार २९५.४९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २९.५२ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal