Skip to content
Prabhu

अपी पावर कम्पनीको सञ्चालकमा शाश्वत चालिसे र मधुसूदन कोइराला नियुक्त

 

काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले दुई जना सञ्चालक नियुक्त गरेको छ । कम्पनीको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले शाश्वत चालिसे र मधुसूदन कोइरालालाई सञ्चालकमा नियुक्त गरेको हो ।

कम्पनी ऐन २०६३ को दफा ८७ को उपदफा २ बमोजिम चालिसे र कोइरालालाई सञ्चालकमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनी सचिवका रूपमा सुजन अधिकारीलाई नियुक्त गरिएको पनि कम्पनीले जनाएको छ । यस अघिका कम्पनी सचिव मधुसुदन कोइरालाले राजीनामा दिए पनि रिक्त रहेको पदमा कम्पनीको सेयर शाखा प्रमुख रहेका अधिकारीलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal