Skip to content
Prabhu

कारोबार सुरु भएको २५ मिनेटमै कुथेली बुखारी साना जलविद्युतको सेयर मूल्यमा सकारात्मक सर्किट

 

काठमाडौं । कुथेली बुखारी साना जलविद्युत लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबारको सेयर कारोबार सुरु भएको २५ मिनेट भित्रै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

अघिल्लो दिनको कारोबारमा पनि सकारात्मक सर्किट लागेको कम्पनीको सेयर मूल्य १२४ रुपैयाँ ७० पैसाले बढेर १ हजार ३७२ रुपैयाँ १० पैसा पुगेको छ । यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दाको समयसम्म समग्र बजार परिसूचक ४ दशमलव १२ अंकले बढेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal