Skip to content
Prabhu

सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, यी हुने धेरै मूल्य बढेका पाँच कम्पनी

काठमाडौं । सोमबार सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार भएका कम्पनीमध्ये २ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

सोमबार कारोबार भएका ३१४ कम्पनीमध्ये त्रिशुली जलविद्युत कम्पनी लिमिटेड र कुथेली बुखारी साना जलविद्युत् लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यी दुई कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि भएको हो । सोमबार त्रिशूली जलविद्युत् कम्पनीको सेयर मूल्य ४५ रुपैयाँ ३० पैसाले बढेर ४९८ रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै कुथेली बुखारी साना जलविद्युतको सेयर मूल्य १२४ रुपैयाँ ७० पैसाले बढेर १ हजार ३७२ रुपैयाँ १० पैसामा कारोबार बन्द भएको छ ।

त्यस्तै, सोमबार धेरै मूल्य बढ्ने शिर्ष पाँच कम्पनीमा पिपुल पावर लिमिटेड, मोलुङ हाइड्रोपावर लिमिटेड र सुपर माइ हाइड्रोपावर लिमिटेड रहेका छन् । सोमबारको कारोबार बन्द हुँदा पिपुल पावरको सेयर मूल्यमा ९.९९ प्रतिशत अर्थात् ३४ रुपैयाँ ४० पैसाले बढेर ४७७ रुपैयाँ ९० पैसा पुगेको छ । मोलुङ हाइड्रोपावरको सेयर मूल्य पनि ९.४९ प्रतिशत अर्थात् ३७ रुपैयाँले बढेर ४२७ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै सुपर माइ हाइड्रोपावरको ८.९९ प्रतिशत अर्थात् ६९ रुपैयाँ २० पैसाले बढेर ८३९ रुपैयाँ २० पैसा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal