Skip to content
Prabhu

सेयर बजार करिब ९ अंकले बढेको दिन यी हुन धेरै घट्ने ५ कम्पनी

काठमाडौं । सोमबार सेयर बजार करिब ९ अंकले बढ्यो । कारोबार भएका कम्पनीमध्ये धेरै जसोको मूल्य बढ्दा समग्रमा सेयर बजारमा हरियाली देखिएको हो । सोमबार ६१ कम्पनीको सेयर मूल्य घटेको छ ।

सेयर मूल्य घट्ने कम्पनीमध्ये अधिकांश हाइड्रोपावर  कम्पनी छन् । सोमबार सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्यमा सबैभन्दा बढीको गिरावट आएको छ । यो कम्पनीको सेयर मूल्य ८.६७ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य ५३ रुपैयाँ ५० पैसाले घटेर ५६३ रुपैयाँ ५० पैसा पुगेको छ ।

त्यस्तै धेरै मूल्य घटेका शीर्ष पाँच कम्पनीमा बाराही हाइड्रोपावर पब्लिक लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र विन्दाबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड छन् ।

सोमबार बाराही हाइड्रोपावर पब्लिकको सेयर मूल्य ५.२९ प्रतिशत अर्थात् ३४ रुपैयाँ ९० पैसाले ६२५ रुपैयाँ पुगेको छ । त्यस्तै भगवती हाइड्रोपावरको सेयर मूल्य पनि ४.८३ प्रतिशत अर्थात् ५८ रुपैयाँ १० पैसाले घटेर १ हजार १४५ रुपैयाँमा कारोबार बन्द भएको छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ३.०१ प्रतिशत अर्थात् १९ रुपैयाँ ४० पैसाले ६२४ रुपैयाँ १० पैसामा कारोबार बन्द भएको छ । त्यस्तै सोमबार विन्दाबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य पनि २.७० प्रतिशत अर्थात् १६ रुपैयाँ ८० पैसाले घटेर ६०५ रुपैयाँ पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal