Skip to content
Prabhu

१० महिनामा चालु खातामा १ खर्ब ९३ अर्बले बचत

 

काठमाडौं । चालु आर्थिक वर्षको वैशाख महिनासम्म चालु खाता १ खर्ब ९३ अर्ब २५ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्रिय बैंकले सार्वजनिक गरेको देशको वित्तीय अवस्था अनुसार चालु खाता १९३ अर्ब २५ करोड रुपैयाँले बचतमा रहेको हो ।

तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६३ अर्ब ७४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४९ करोड ३६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको छ । त्यस्तै समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई ५ अर्ब २६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ९८ करोडले धनात्मक रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ३६ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोडले धनात्मक रहेको थियो । समीक्षा अवधिमा शोधनान्तरस्थिति ३९२ अर्ब ६४ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २०९ अर्ब ४९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal