Skip to content

यी हुन मंगलबार धेरै मूल्य बढेका शीर्ष ५ कम्पनी, चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजारमा ३३ अंकभन्दा बढीको वृद्धि भयो । कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा समग्रमा बजार परिसूचक बढेको हो ।

मंगलबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक पनि २१०० विन्दुमा पनि पुगेको छ । नेप्से परिसूचक अघिल्लो दिनको भन्दा १.५९ प्रतिशतले बढेको हो । सेयर बजार हरियाली हुँदा ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार सकारात्मक सर्किट लाग्ने कम्पनीमा बरुण हाइड्रोपावर कम्पनी लिमेटड, ग्रीन भेन्चर्स लिमिटेड, कुथेली बुखारी साना जलविद्युत लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड छन् ।

यी चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । मंगलबार बरुण हाइड्रोपावर कम्पनी लिमेटडको सेयर मूल्य २४ रुपैयाँ ९० पैसाले बढेर २७३ रुपैयाँ ९० पैसामा कारोबार बन्द भएको छ । त्यस्तै ग्रीन भेन्चर्स लिमिटेडको सेयर मूल्य ५३ रुपैयाँ ३० पैसाले बढेर ५८६ रुपैयाँ ३० पैसा पुगेको छ। मंगलबार कुथेली बुखारी साना जलविद्युत लिमिटेडको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् १३७ रुपैयाँ २० पैसाले बढेर १ हजार ५०९ रुपैयाँ ३० पैसामा कारोबार बन्द भएको छ ।

त्यस्तै भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य ११४ रुपैयाँ ५० पैसाले बढेर १ हजार २५९ रुपैयाँ ५० पुगेको छ । यी चार कम्पनीबाहेक शीर्ष ५ मा पर्ने अर्को कम्पनी हो अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड । यो कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात् ४३ रुपैयाँ ४० पैसाले बढेर ४७८ रुपैयाँ ३० पैसामा कारोबार बन्द भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life