Skip to content
Prabhu

मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसामा कारोबार भइरहेको छ । आज युरोको खरिद दर १४३ रुपैयाँ २७ पैसा र बिक्री दर १४३ रुपैयाँ ९१ पैसा रहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी, आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ४२ पैसा र बिक्री दर १७० रुपैयाँ १९ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ८८ पैसा र बिक्री दर ८८ रुपैयाँ २७ पैसा रहेको छ ।

मंगलबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २४ पैसा र बिक्री दर २८ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५५ पैसा र बिक्री दर ३५ रुपैयाँ ७१ पैसा रहेको छ । मंगलबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ७३ पैसा छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal