Skip to content
Prabhu

आईएमई लाइफको लेखापरीक्षकमा एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्टस् नियुक्त

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले लेखापरीक्षकमा एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टन्स फर्मलाई नियुक्त गरेको छ । कम्पनीको सोमबार सम्पन्न ७ औँ वार्षिक साधारणसभाले सो फर्मलाई बाह्य लेखापरीक्षकको रुपमा नियुक्ति गरेको हो ।

सो संस्थाले आर्थिक वर्ष २०८०÷८१ को लेखापरीक्षणसम्बन्धी कार्य गर्ने छ । त्यस्तै सोमबार सम्मपन्न साधारणसभाले कम्पनीले सर्वसाधारण सेयर धनी समूहबाट रविनकुमार नेपाललाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ ।

सो साधारणसभाले २०८० पुस ४ गते बसेको सञ्चालक समितिको १८० औँ बैठकले सञ्चालक समितिमा रिक्त रहेको संस्थापक सेयरधनी समूहमा बाँकी कार्यकालका लागि नियुक्त भएका सीतारमा थापा तथा सन्दीप अग्रवालको नियुक्तिलाई समेत अनुमोदन गरेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal