Skip to content
Prabhu

आज कति तोक्यो राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर ? कुनको भाउ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०१ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४३ रुपैयाँ १९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९ रुपैयाँ ९६ पैसा छ भने बिक्रीदर १७० रुपैयाँ ७३ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४३ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९७ रुपैयाँ २५ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०२ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ८ रुपैयाँ ५३ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७३ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३ रुपैयाँ ६४ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ २७ पैसा र बिक्रीदर २८ रुपैयाँ ३९ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७० पैसा र बिक्रीदर १२ रुपैयाँ ७५ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ १९ पैसा र बिक्रीदर १९ रुपैयाँ २८ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७ रुपैयाँ १६ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ९८ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ४८ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal