Skip to content
Prabhu

वर्षाले खाँदबारी–नुम खण्डमा क्षति, सडक अवरुद्ध

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुङ्गा अरुणथान चार किलोमिटर क्षेत्रमा वर्षाले क्षति भएको छ ।

यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले बताए । कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुङ्गा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ ।

वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए । वर्षाले पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब १ करोड रुपैयाँको क्षति भएको उनले जानकारी दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal