Skip to content
Prabhu

मुग्लिन–पोखरा सडक विस्तार तीव्र

lbQm]n–vfgL8fF8f ;8s sfnf]kq ub}{ sfdbf/ vf]6fª, % h]7 M ;Demf}tf u/]sf] sl/a ;ft jif{kl5 lbQm]n–vfgL8fF8f–cfxfn] ;8sdf sfnf]kq ug]{ tof/L ub}{ 7]s]bf/ sDkgLsf sfdbf/ . /fli6«o k'gM lgdf{0f k|flws/0fsf] Eof6;lxt ? @! s/f]8 Ps nfv ** xhf/ nufgLdf ;DkGg ug]{u/L ofSy'ªxfª–;fk–l;?jf h]eLn] lj=;+= @)&% c;f]h–! ut] 7]Ssf ;Demf}tf u/]sf] ;8s sfnf]kqsf] sfdn] aNn ult lnPsf] 5 . t:jL/ M s]bf/ du/÷/f;;

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्व र पश्चिम दुई खण्डमा सडक विस्तारलाई तीव्रता दिइएको छ ।

पृथ्वीराजमार्गको पूर्वतर्फ ३३ र पश्चिमतर्फ २० किमि सडक कालोपत्रे गरिसकिएको आयोजनाले जनाएको छ । पूर्वतर्फ ४१ दशमलव ७ किमि र पश्चिमतर्फ ३८ दशमलव ८८ किमी सडक विस्तार भइरहेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आँबुखैरेनीदेखि जामुने सडक खण्डमा २७ किमि चार लेन र छ किमि दुई लेनको सडक कालोपत्र गरिएको पूर्व खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । उनले भने, ‘पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी, डुम्रे, व्यास, चापाघाट, म्याग्दे र जामुनेलगायतका स्थानमा कालोपत्रे गरिएको छ ।’

पूर्वखण्डमा ७० प्रतिशत बढी कार्य प्रगति भइसकेको उनले जानकारी दिए । विसं २०८१ वैशाख २ गते सम्झौता म्याद सकिएपछि पुनः एक सय ५५ दिन म्याद थप गरी निर्माणलाई निरन्तरता दिइएको हो ।

कोभिड–१९ का बेला काम प्रभावित भएकाले म्याद थप गरिएको इन्जिनियर पाण्डेले बताए । त्यसैगरी पश्चिम खण्डमा २६ प्रतिशत कार्य प्रगति भइसकेको छ । दुई लेनको २० किमि सडक कालोपत्रे गरिएको छ । सम्झौताअनुसार विसं २०८१ भदौ ११ सम्म काम सम्पन्न गरिसक्नुपर्नेछ । उनका अनुसार यस सडकखण्डमा वर्षायाम अगावै नालासहित एकतर्फी सडक ग्राभेल गर्ने लक्ष्य राखिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्