काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा वाणिज्य बैंकहरुले ४८ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्यांकअनुसार वाणिज्य बैंकहरुले १० महिनाको अवधिमा ४८ अर्ब ६० करोडभन्दा बढी नाफा कमाएका हुन् ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । यो बैंकले वैशाख मसान्तसम्म ५ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै १० महिनाको अवधिमा धेरै नाफा कमाउने बैंकको दोस्रो नमबरमा ग्लोबल आईएमई रहेको छ । यो बैंकले वैशाख मसान्तसम्म ४ अर्ब १२ करोड नाफा कमाएको छ ।
त्यस्तै १० महिनाको अवधिमा धेरै नाफा कमाउने बैंकको तेस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट मेगा र चौथो स्थानमा प्राइम कमर्सियल बैंक रहेका छन् । यी दुई बैंकको नाफा पनि ३ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ । यो अवधिमा एनआईएमबीले ३ अर्ब ७७ करोड रुपैयाँ नाफा कमाएको छ भने प्राइमको ३ अर्ब २२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
केन्द्रीय बैंकको तथ्यांक अनुसार शिर्ष ५ मा पर्न सफल बैंक हो एभरेष्ट । एभरेष्टको खुद मुनाफा २ अर्ब ९८ करोड छ । त्यस्तै यो अवधिमा कृषि विकास, स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, प्रभु, एनएमबी, हिमालयन र एनआईसी एसिया बैंकको नाफा पनि २ अर्ब भन्दा माथि रहेको छ । वैशाख मसान्तसम्म कृषि विकास बैंकको नाफा २ अर्ब ६९ करोड पुगेको छ । त्यस्तै स्ट्यान्डर्ड चार्टर्डको खुद नाफा २ अर्ब ६६ करोड, राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्ब ५६ करोड, प्रभु बैंकको २ अर्ब ५० करोड र एनएमबी बैंकको नाफा २ अर्ब ४८ करोड रहेको छ ।
त्यस्तै हिमालयन बैंकको नाफा २ अर्ब २२ करोड र एनआईसी एसिया बैंकको नाफा २ अर्ब १६ करोड रुपैयाँ रहेको छ ।
९ वटा बैंकको नाफा २ अर्ब भन्दा तल रहेको छ । २ अर्ब भन्दा तल नाफा कमाउने बैंकमा सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, सिटिजन्स बैंक र कुमारी बैंक छन् । त्यस्तै नेपाल एसबिआई बैंक, माछापुच्छ्रे र नेपाल बैंक लिमिटेड रहेका छन् । नेपाल बैंकको नाफा त सबैभन्दा कम रहेको छ । यो बैंकको नाफा जम्मा करोडमा मात्रै रहेको छ ।
तथ्यांक अनुसार सिद्धार्थ बैंकको नाफा १ अर्ब ९७ करोड रहेको छ । त्यस्तै लक्ष्मी सनराइजको नाफा १ अर्ब ९५ करोड, सानिमाको १ अर्ब ९५ करोड र सिटिजन्स बैंकले १ अर्ब ५० कारोड नाफा कमाएको छ । त्यस्तै एसविआईको नाफा १० महिनामा १ अर्ब ४२ करोड, माछापुच्छ्रेको १ अर्ब १० करोड र नेपाल बैंकको ५९ करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्