Skip to content
Prabhu

वीरगञ्ज महानगरद्वारा बिनाअनुमति सञ्चालित ५ विद्यालय शिलबन्दी

वीरगञ्ज । नगर क्षेत्रमा बिना अनुमति सञ्चालित पाँचवटा विद्यालय वीरगञ्ज महानगरले मंगलबार शिलबन्दी गरेको छ ।

शिक्षा समितिको अनुगमन समितिले अवैध रुपमा सञ्चालित पाँचवटा विद्यालयमा शिलबन्दी गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको महानगरका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले जानकारी दिए ।

शिलबन्दी भएका विद्यालयहरुमा सिजी एजुकेसनद्वारा सञ्चालित दिल्ली पब्लिक स्कुलको पूर्वप्राथमिक तह (मन्टेश्वरी), निनोस वीरगञ्जको नामबाट वीरगञ्ज महानगरपालिका–१२ मुर्ली बगैंचामा सञ्चालित विद्यालय छन् । वीरगञ्ज महानगरपालिका(२६ सुगौलीमा विसं २०५७ सालदेखि सञ्चालित सिटिजन पब्लिक स्कुल, विसं २०७५ देखि सञ्चालित एएस नलेज एकेडेमी र वडा नं १८ भवानिपुरमा सञ्चालित सुरज एकेडेमी रहेको महानगरले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal