Skip to content
Prabhu

प्रभु बैंकको संस्थापक सेयर सर्वसाधारणले किन्न पाउने

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेकाले सर्वसाधारणका लागि बुधबारदेखि सेयर बिक्री खुल्ला गरेको हो । बैंकको संस्थापक १ लाख ६९ हजार ५ सय ३९ कित्ता सेयर आम सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

बैंकले सेयरधनी नवल किशोर राजभण्डारीको नाममा रहेको ८६ हजार ४६६ कित्ता, भुपाल दाहालको नाममा रहेको ६२ हजार १५२ कित्ता, विमल तिमल्सिनाको नाममा रहेको ८ हजार ५३२ कित्ता, सुदन प्रसाद अधिकारीको नाममा रहेको ५ हजार ४८९ कित्ता र गोपाल श्रेष्ठको नाममा रहेको ६ हजार ९०० कित्ता सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशन भएको १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहलमा निवेदन पेश गर्नु पर्ने कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal