Skip to content
Prabhu

हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थाप सेयर बिक्रीमा ल्याएको छ । बैंकले सूचना जारी गरेर ६ जना संस्थापक सेयरधनीको ५० लाख ९१ हजार ८१८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले म्युचल ट्रेडिङ्ग कं प्रालिको ५० लाख कित्ता, पुन प्रसाद सुवेदीको ४० हजार ९४३ कित्ता, सुप्रिना मास्केको नाममा रहेको ८ हजार ३ सय ५७ कित्ता, शैलेश नाथ मास्केको ८ हजार ३ सय ५७ कित्ता, उपेन्द्र मान प्रधानको नाममा रहेको २ सय ९२४ कित्ता, स्वान इन्टरनेशनल प्रालिको ३१ हजार २ सय ३७ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिदको लागि इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंस्थित कानून विभागमा आवेदन पेश गर्न सक्नेछन् ।

बैंककले सेयरको बिक्री मूल्य बिक्रेताअनुसार फरक फरक रहेकाले मूल्य तथा अन्य जानकारीको लागि केन्द्रीय कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ । तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंककले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal