Skip to content
Prabhu

भगवती हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । अघिल्लो दिन सकारात्मक सर्किट लागेर बन्द भएको कम्पनीको सेयर मूल्यमा बुधबार १० प्रतिशतको गिरावट आएको हो ।

बुधबार दिउसो सवा १ बजेसम्मको कारोबार भइरहदाँ यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको हो । सेयर बजारमा कारोबार भइरहेको अवस्थामा यो कम्पनीको सेयर मूल्य १२५ रुपैयाँ ९० पैसाले घटेर १ हजार १३३ रुपयौँ ६० पैसा पुगेको हो ।

यो अवस्थामा समग्र बजार परिसूचक भने ४ दशमलव ३२ अंकले बढेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal