Skip to content
Prabhu

यी हुन आज सेयर बजारमा धेरै गुमाउने शीर्ष ५ कम्पनी

 

काठमाडौं । बुधबार सेयर बजार परिसूचक सामान्य अंकले बढे पनि ११५ कम्पनीको सेयर मूल्य भने घटेको छ । समग्रमा नेप्से परिसूचक ६ दशमलव ३७ अंकले बढेको दिन ११५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो ।

आजको कारोबार बन्द हुँदा धेरै सेयर मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा ३ हाइड्रोपावर, एक फाइनान्स र एक लघुवित्त संस्था रहेको छ । आज धेरै मूल्य घट्ने कम्पनीमा सयपत्री हाइड्रोपावर लिमिटेड, इस्टर्न हाइड्रोपावर लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड, पोखरा फाइनान्स लिमिटेड र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड छन् ।

आज सयपत्री हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ । यो कम्पनीको सेयर मूल्य ४.४८ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्यमा २५ रुपैयाँले घटेर ५३३ रुपैयाँमा आजको कारोबार बन्द भएको छ । त्यस्तै इस्टर्न हाइड्रोपावरको सेयर मूल्य पनि ४.४६ प्रतिशत अर्थात् २७ रुपैयाँले घटेर ५७९ रुपैयाँमा कारोबार बन्द भएको छ ।

यता तेह्रथुम पावर कम्पनीको सेयर मूल्य पनि २३ रुपैयाँ ८० पैसाले घटेर ५२० रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ४.३८ प्रतिशतले गिरावट हो । त्यस्तै पोखरा फाइनान्सको सेयर मूल्य पनि ४.१९ प्रतिशत अर्थात् २५ रुपैयाँ ९० पैसाले घटेर ५९२ रुपैयाँमा कारोबार बन्द भएको छ । ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य ६६ रुपैयाँ ७० पैसाले घटेको छ । यो अघिल्लो दिनको भन्दा ३.९६ प्रतिशतले कम हो । यो कम्पनीको सेयर सेयर मूल्य १ हजार ६१६ रुपैयाँ ३० पैसा पुगेर बुधबारको कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal