Skip to content
Prabhu

कर्पोरेट डेभलपमेन्ट बैंकले बोलायो १६औँ साधारणसभा

 

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले आफ्नो साधारणसभा बोलाएको छ । बैंकले आफ्नो १६औँ साधारणसभा असार १९ गतेका लागि बोलाएको हो ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्जर तथा एक्विजिशनसम्बन्धि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारि दिने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।

साधारणसभा प्रयोजनार्थ बैंकले असार १ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यसअनुसार जेठ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal