Skip to content
Prabhu

साधना लघुवित्त र सबैको लघुवित्तलाई एकीकृत कारोबार गर्न स्वीकृति

 

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबार गर्ने स्वकृति प्राप्त भएको छ । यी दुई लघुवित्तलाई एक आपसमा गाभिएर साधना लघुवित्तको नाममा एकीकृत कारोबार गर्न स्वीकृति पाएको हो ।

नेपाल राष्ट्र बैंकले दुई कम्पनी मर्जरका लागि जेठ २९ गते स्वीकृत प्रदान गरेको हो । साधना लघुवित्ती वित्तीय संस्थाको कार्यालय गोरखा नगरपालिका वडा नम्बर ६ हरमटारीमा रहेको छ भने सबैको लघुवित्तको केन्द्रीय कार्यालय तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर १ डुम्रेमा रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal