Skip to content
Prabhu

अस्ट्रेलियमा पर्यटन र टीआर भिसामा रहेकाहरुले विद्यार्थी भिसामा आवेदन दिन नपाउने

काठमाडौं । अस्ट्रेलियाले विद्यार्थी भिसामा थप कडाइ गरेको छ । अस्ट्रेलियाले आफ्नो देशमा पर्यटक भिसामा रहेका तथा ग्राजुएट भिसा (टीआर)मा रहेकाले विद्यार्थी भिसाका लागि आवेदन दिन नपाउने बताएको हो ।

अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलका अनुसार जुलाई १ देखि यो नियम लागू हुनेछ । मन्त्री ओनिलले विद्यार्थी र अन्य अस्थायी भिसा भएकाहरूलाई अनिश्चितकालसम्म अस्ट्रेलिया बस्न नदिने उद्देश्य रहेको बताएकी छन् । पछिल्लो १० महिनामा पर्यटक भिसाबाट विद्यार्थी भिसामा आवेदन दिनेको संख्या ३६ हजार नाघेको मन्त्री ओनिलले बताइन् ।

विज्ञप्तिमा ग्राजुएट भिसा (टीआर) मा बसेका ३२ प्रतिशत विद्यार्थी पुनः सोही भिसामा अस्ट्रेलिया बसाइलाई निरन्तरता दिइरहेको उल्लेख छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal