Skip to content
Prabhu

१३ रोपनी क्षेत्रफलमा बनेको ‘लेमन ट्री प्रिमियर बूढानीलकण्ठ’ले पायो पाँचतारेको मान्यता

काठमाडौं । बूढानीलकण्ठ लिमिटेडद्वारा सञ्चालित होटल ‘लेमन ट्री प्रिमियर बूढानीलकण्ठ’ले पाँचतारे होटलको मान्यता पाएको छ । पर्यटन विभागले गरेको अनुगमनमा पाँचतारेको मापदण्ड पूरा भएको पाइएपछि विभागले पाँचतारेको मान्यता दिएको हो ।

होटल लेमन ट्री गत माघ १ गतेबाट सफ्ट लन्च भएर सञ्चालमा आएको हो । ४ वर्षदेखि निर्माणाधीन यो होटलको कुल लागत २ अर्ब ६० करोड रहेको छ । २ अर्ब ४० करोडमा निर्माण सम्पन्न गर्ने भनिए पनि कोरोना र आर्थिक मन्दीका कारण २० करोड लागत बढेको बताइएको छ ।

१३ रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा १०२ कोठा रहेका छन् । जसमध्ये ५७ वटा ट्विन्स रुम, ३३ वटा किङ रुम, ६ वटा जुनियर सुइट रुम, ४ वटा बिजनेस सुइट रुम र २ वटा प्रेसिडेन्टल सुइट छन् ।

यी कोठाहरुमा कुल १९० बेड रहेका छन् । त्यस्तै, अल डे डाइनिङ रेस्टुराँ, स्पेसियालियाटी रेस्टुरेन्ट, ३ वटा मिटिङ रुम, रुफ टप रेस्टुरेन्ट एन्ड बार, हेल्थ क्लब, १ सय ७७ वर्गमिटर र ३१४ वर्गमिटर गरी २ वटा बैंक्वेट हल छन् । त्यसैगरी निकट भविष्यमै सञ्चालनमा ल्याउने उद्देश्यसहित १८ हजार वर्ग फिटको क्यासिनो हल पनि निमार्ण भइरहेको छ । होटलमा हेल्थ क्लब, स्वीमिङ पुल, रुफ टप गार्डेन, स्पा, योग तथा ध्यान केन्द्र छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal