Skip to content
Prabhu

३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, एउटामा नकारात्मक

 

काठमाडौं । साताको अन्तिम दिनको कारोबार जारी रहेको अवस्थामा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

दिउँसो साढे २ बजेसम्मको कारोबारमा समृद्धि फाइनान्स लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक र कुथेली बुखारी साना जलविद्युत लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आजको कारोबार जारी रहँदा समृद्धि फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र कुथेली बुखारीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ भने भगवती हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ । समृद्धिको सेयर मूल्य ३६ रुपैयाँले बढेर ३३५ रुपैयाँ पुगेको छ । त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ३२ रुपैयाँले बढेर ३५८ रुपैयाँ पुगेको छ भने कुथेली बुखारीको सेयर मूल्य १४६ रुपैयाँले बढेर १ हजार ६११ रुपैयाँ पुगेको छ । नकारात्मक सर्किट लागेको भगवती हाइड्रोपारको सेयर मूल्य भने आज १२३ रुपैयाँले घटेर १ हजार १०९ रुपैयाँ पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal