Skip to content
Prabhu

यी कम्पनीको सेयर मूल्य सबैभन्दा धेरैले बढ्यो, दुई कम्पनीमा सकारात्मक सर्किट

 

काठमाडौं । बिहीबार सेयर बजारमा करेक्सन भयो । अघिल्ला दुई दिन बढेको सेयर मूल्य आज केही करेक्सन भएको हो । समग्रमा सेयर बजार परिसूचक घटेको दिन ९४ कम्पनीको सेयर मूल्य बढ्यो ।

आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर बन्द भएको छ । सकारात्मक सर्किट लागेर बन्द हुने कम्पनीमा समृद्धि फाइनान्स लिमिटेड र कुथेली बुखारी साना जलविद्युत लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर बन्द भएको छ । समृद्धि फाइनान्सको सेयर मूल्य ३९ रुपैयाँ ६० पैसाले बढेर ४३५ रुपैयाँ ६० पैसा पुगेको छ । त्यस्तै कुथेली बुखारी साना जलविद्युतको सेयर मूल्य पनि १४६ रुपैयाँ ४० पैसाले बढेर १ हजार ६११ रुपैयाँ ५० पैसा पुगेको छ ।

त्यस्तै आज धेरै मूल्य बढ्ने शिर्ष पाँच कम्पनीमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक र बाराही हाइड्रोपावर लिमिटेड रहेको छन् । आज साधना लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात् १०८ रुपैयाँ ५० पैसाले बढेर १ हजार १९५ रुपैयाँ पुगेको छ ।

त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ९.८२ प्रतिशत अर्थात् ३२ रुपैयाँले बढेर ३५८ रुपैयाँ पुगेको छ । बाराही हाइड्रोपावरको सेयर मूल्य पनि ९.७४ प्रतिशतले बढेर बन्द भएको छ । यो कम्पनीको सेयर मूल्य ६३ रुपैयाँले बढेर ७१० रुपैयाँ पुगेको छ । आज समग्रमा भने बजार परिसूचक ९ दशमलव ३२ अंकले घटेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal