Skip to content
Prabhu

यी हुन सबैभन्दा धेरै सेयर मूल्य घट्ने शीर्ष पाँच कम्पनी

काठमाडौं । बिहीबार सेयर बजार परिसूचक ९ अंकभन्दा बढीले घट्यो । साताको अन्तिम कारोबार दिन १४७ कम्पनीको सेयर मूल्य घट्यो भने अधिकांश उपसूचकको सेयर मूल्यमा गिरावट आउँदा समग्रमा बजार ९ दशमलव ३२ अंकले घट्यो ।

बिहीबारको कारोबार बन्द हुँदा एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर बन्द भएको छ । बिहीबार मिडसोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको हो । यो कम्पनीको सेयर मूल्य ७७ रुपैयाँले घटेर ६९३ रुपैयाँमा कारोबार बन्द भएको छ ।

आजको कारोबार बन्द हुँदा धेरै घट्ने शीर्ष पाँच कम्पनीमा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, महुली लघुवित्त वित्तीय संस्था लिमिटेड, कुमारी धनवृद्धि योजना र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड छन् । आज भगवती हाइड्रोपावरको सेयर मूल्य ८.२७ प्रतिशत अर्थात् १०२ रुपैयाँले घटेर १ हजार १३१ रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यसतै आज एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य ७.७८ प्रतिशत अर्थात् ५४ रुपैयाँले घटेर ६४० रुपैयाँमा कारोबार बन्द भएको छ । कुमारी धनवृद्धि योजनाको सेयर मूल्य पनि ५.८३ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य ०.५७ रुपैयाँले घटेर ९ रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै महुली लघुवित्तको सेयर मूल्य ५.६२ प्रतिशत अर्थात् ८४ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal