Skip to content
Prabhu

श्री डिष्टिलरी पनि आईपीओमा जाने, ३ नयाँ ब्रान्ड बजारमा ल्याउँदै

काठमाडौं । नेपालको प्रमुख मध्ये एक मदिरा उद्योग श्री डिष्टिलरी लिमिटेडले प्राथमिक सेयर निष्कासन (आइपीओ) का लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

श्री डिष्टिलरी लिमिटेडको ९ लाख ६० हजार कित्ता सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको हो । कम्पनीको कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत आइपीओका लागि छुट्टाएको छ ।

आईपीओ निष्कासनका लागि २०८१ साल जेठ ३१ गते दुवै कम्पनीबीच सम्झौता भएको छ । सो सम्झौतामा श्री डिष्टिलरी लिमिटेडका तर्फबाट सञ्चालक सनत न्यौपाने र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरे ।

हस्ताक्षरपछि श्री डिष्टिलरीका सञ्चालक सनत न्यौपानेले लामो समयदेखि मदिरा उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीले अब जनतालाई पनि साझेदारी बनाएर अघि बढ्न लागेको बताए ।

यस्तै, प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले आइपीओ निष्काशनमा श्री डिष्टिलरीले गरेको विश्वासमा धन्यवाद व्यक्त गरे ।

सम्झौतासँगै कम्पनीले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेश गर्ने बताइएको छ । प्रक्रिया पूरा गरी चाँडै नै कम्पनीले आर्ईपीओ जारी गर्ने बताएको छ ।

श्री डिष्टिलरी लिमिटेडको बारेमाः

श्री डिष्टिलरी लिमिटेड नेपालको सबैभन्दा पुरानो र प्रतिष्ठित रक्सी उत्पादक मध्ये एक हो । सन् १९८५ मा स्थापना भइको श्री डिष्टिलरी एक उच्च गुणस्तरको मादक पेयका लागि प्रख्यात रहेको छ ।

यस कम्पनीको सुरुवाती मुख्य ब्रान्डहरुमा किंग्स प्राइड व्हिस्की, माउन्ट एभरेस्ट व्हिस्की, बन्ड ब्ल्याक लेबल, ओएसिस एक्स्ट्रा ड्राय, श्री स्पेशल नम्बर वान, दुधिया स्पेशल, बुलेट, श्री दुधिया, सगुन लगायत रहेका थिए । यी ब्रान्डहरुले मदिरा बजारमा गुणस्तर र उत्कृष्टताका लागि श्री डिष्टिलरीको प्रतिष्ठा निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।

कम्पनीका हालका ब्रान्डहरुमा प्रियसी सोफी, प्रियसी दुधिया, सगुन एप्पल, सगुन ग्रिन एप्पल, सगुन एक्स्ट्रा, जोश, स्पेशल नम्बर वान रहेका छन् । यस्तै कम्पनीले चाँडै नै ओएसिस, अल्फा ब्लु र बोन्ड ब्ल्याक लेबल गरी तीन नयाँ ब्रान्डलाई बजारमा ल्याउने तयारी गरिरहेको छ । यस कम्पनीको स्प्रीट लाइसेन्स रहेको र आइपीओ निश्कासन पश्चात् कम्पनीले उच्च गुणस्तरको स्प्रिट उत्पादनमा पनि काम गर्ने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal